एमाले निकट वकिल प्रयोग गरेर एमालेकै नेता तह लगाउने योजनामा लोकमान
कात्तिक २२ । संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले प्रस्ताव तुहाउने र अदालतमा विचाराधीन आफूविरुद्धको मुद्दालाई अल्मल्याउने योजना बनाएका छन् ।
कार्कीका नातेदार र शुभचित्कको पहलमा बानेश्वरमा भएको भेलाले त्यही अनुरुप सोमबार सर्वोच्च अदालतमा दुईवटा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले बतायो ।
अख्तियार र व्यवसायी स्रोतका अनुसार अदालतमा विचाराधीन मुद्दा र संसदमा दर्ता भएको महाभियोग प्रस्ताव तुहाउने विषयमा कार्कीको उपस्थितिमा शुक्रबारेदेखि छलफल भएको थियो ।
भेलामा एमाले निकटसमेत कानुन व्यवसायीहरु महादेव यादव, कृष्णप्रसाद सापकोटा, युवराज संग्रौला, भीमार्जुन आचार्य, माधव बस्नेत, ललित बस्नेत, बाबुराम कुँवर, बालकृष्ण न्यौपानेलगायत सहभागी थिए । कान्तिपुर दैनिकबाट