ताजा खबर विदेश News

क्लिन्टनलाई राहत, इमेलमा आपराधिक प्रमाण फेला परेन

क्लिन्टनलाई राहत, इमेलमा आपराधिक प्रमाण फेला परेन

hilary कात्तिक २२ । अमेरिकी संघीय जांच आयोग एफबिआईले राष्ट्रपति चुनावका लागि डेमोक्र्या्टिक उम्मेदवार हिलारी क्लिन्टनको पछिल्लो इमेलमा कुनै किसिमको आपराधिक प्रमाण फेला नपरेको जनाएको छ ।

एफबिआईका निर्देशक जेम्स कोमीले अमेरिकी कांग्रेसलाई क्लिन्टनको इमेल सम्बन्धमा गरिएको नयां जांचबाट यसअघि भएको जाँचको निष्कर्षमा कुनै परिवर्तन नभएको र कुनै किसिमको आपराधि प्रमाण फेला नगरेको बताएका छन् ।

गएको जुलाईमा एफबिआईले क्लिन्टनलाई विदेशमन्त्री हुँदा इमेलको प्रयोग बिना सजगता गरेको तर आपराधिक भने नरहेको भन्दै मुक्त गरेको थियो । यसले क्लिन्टनको चुनावी अभियानमा असर परेको थियो भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको अभियानले गति लिएको थियो । तर मतदान आउन दुई दिन मात्रै बाँकी हुँदा एफबिआईले क्लिन्टनलाई आरोपबाट मुक्त गरेको हो ।

क्लिन्टनको चुनावी अभियानकी कम्युनिकेशन निर्देशक जेनिफर पाल्मिएरीले इमेल सम्बन्धी विषय समाप्त भएकोमा आफूहरु खुसी रहेको बताए । तर रिपब्लिकन उम्मेदवार ट्रम्प पक्षले भने गलत भएको आरोप लगाएका छन् ।

hilary clinton

विशेष