विचार News

‘हुँदै नभएको अंगिकृतको विषय चर्काउनेहरुप्रति संका गरौँ, यो त हद भयो’ प्रधानमन्त्रीका स्वकीय सचिव

‘हुँदै नभएको अंगिकृतको विषय चर्काउनेहरुप्रति संका गरौँ, यो त हद भयो’ प्रधानमन्त्रीका स्वकीय सचिव
[caption id="attachment_37279" align="alignleft" width="189"]रमेश मल्ल प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल
प्रधानमन्त्रीका स्वकीय सचिव[/caption]

कात्तिक २२ । प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर संविधान कार्यान्वयनको दिशामा पहल लिइरहनुभएको छ । पहलले मूर्तरुप लिने सम्भावना देखेपछि एक थरीका लागि जसरीपनि राजनीति गर्नुछ । देशको एकतालाई पनि खल्बलाइरहने र राष्ट्रवादीपनि भइरहने दोहोरो प्रवृत्ति भएकाहरुले अङ्गीकृतको नक्कली विषय उठाएका हुन् । विश्वसनिय ठानिएका ठूला मिडिया यस्तो भ्रमको खेतीमा कसरी परे ? हामीलाई अचम्म लागेको छ ।

प्रधानमन्त्री प्रचण्डले अङ्गीकृत नागरिकलाई उच्च ओहदा दिलाउने कुरामा सहमति गर्नुहोला भनेर कसैले कल्पनापनि गर्न सक्दैन । हिजो राष्ट्रहित विपरित अनेक सम्झौता गर्ने पात्र र प्रवृत्तिले राष्ट्र र राष्ट्रियताका पक्षमा निरन्तर संर्घष गर्दै आउनुभएका प्रचण्डलाई राष्ट्रियताको कुरा उठाएर प्रहार गरेको देख्दा अचम्म लाग्छ ।

अंगिकृत नागरिकलाई संवैधानिक प्रमुख र संवेदनशील पदमा पु¥याउने गरी संविधान संशोधन गर्न लागेको भनि प्रकाशित समाचार सरासर झूठ हो । यस विषयमा प्रधानमन्त्रीसँग कसैले प्रस्ताव पनि गरेको छैन । र, छलफलपनि भएको छैन । मधेशी मोर्चाले समेत सो विषय आफुहरुको एजेण्डा नरहेको प्रष्ट गरिसकेको छ । मोर्चाले आफ्नो एजेण्डा होइन भनिसक्यो, प्रधानमन्त्रीसँग यसबारेमा कसैले प्रस्तावसमेत गरेको छैन । समाचार एकतर्फीरुपमा किन आयो ? राष्ट्रियताको सवालमा नकारात्मक दृष्टिले राजनीति हुनु जोखिमपूर्ण हुन्छ । संका तिनलाई गरौँ, जसले खाशै बहशमा नरहेको प्रसंगलाई मूलधारको बहश बनाउन खोजिरहेका छन् ।

संचारमाध्यममा आएको खाका हासो लाग्दो छ । कसैले आफैँले तयार गरेर संचार माध्यमलाई दिएको देखिन्छ । मधेशी मोर्चा, माओवादी र काँग्रेसका बीचमा यस सम्बन्धमा कुनै छलफल र सहमति भएको छैन । अब तपाई आफैँ सोच्नोस्ः यो बारेमा बहश किन भइरहेको छ ?

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित

Ramesh malla

विशेष