ताजा खबर विदेश News

बंगलादेशमा एक घरबाट ४० वटा मानव खप्पर बरामद

बंगलादेशमा एक घरबाट ४० वटा मानव खप्पर बरामद

कात्तिक २२ । बंगलादेशको राजधानी ढाकास्थित एक घरबाट प्रहरीले ४० मानव कंकाल फेला पारेको छ । प्रहरीका अनुसार ४० वटा खोपडी र अन्य हाड फेला परेको हो । प्रहरीले एक मेडिकल छात्रलाई पक्राउसमेत गरेको छ ।

पक्राउ गरिएको छात्रले मेडिकल पढाइ गर्ने विद्यार्थीका लागि ४ सय ५० डलरमा मानव कंकाल बेच्ने गरेको स्वीकारेको प्रहरीको दाबी छ । ती छात्रले शहर बाहिर स्मशान घाटबाट शव उत्खनन् गरी कंकाल ल्याउने गरेको र विभिन्न केमिकल र उपकरणबाट सफा गरी मेडिकलका विद्यार्थीहरुलाई उपलब्ध गराउने गरेको अनुमान प्रहरीले गरेको छ ।

प्रहरीले ती छात्रको घरबाट ठूलो परिमाणमा केमिकल पनि बरामद गरेको छ ।

Manb Kankal

विशेष