ताजा खबर News समाज

धरहरा बनाउन सेनाले दियो ६ करोड १७ लाख

धरहरा बनाउन सेनाले दियो ६ करोड १७ लाख

कात्तिक २२ । विनासकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि नेपाली सेनाले सरकारलाई छ करोड सत्र लाख तेह्र हजार रुपैयाँ हस्तान्तरण गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सो रकम बराबरको चेक ‘धरहरा पुर्ननिर्माण कोष’का लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

रकम बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गरेका छन् । प्रधानमन्त्री दाहालले धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्रीले भने, ‘हामी पूनर्निर्माणको चरणमा छौं । राज्यका सबै अंग मिलेर पूनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ । त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ । सरकार पनि धरहरा निर्माणको विकल्पबारे गृहकार्य गरिरहेको छ ।’

यसअघि धरहरा राष्ट्रिय महत्वको सम्पदा भएकाले सरकार आफैले पुर्ननिर्माण गर्ने बताएको थियो ।

Darahara

विशेष