विदेश

अमेरिकाकाे ओक्लाहोमा प्रान्तमा भूकम्प, सार्वजनिक बिद्यालयहरु बन्द

अमेरिकाकाे ओक्लाहोमा प्रान्तमा भूकम्प, सार्वजनिक बिद्यालयहरु बन्द
कात्तिक - २२ । अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार ५.० रेक्टर स्केलको भूकम्प गएको हो । सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएकोछ । स्थानीय समयाअनुसार आइतबार साँझ ७ : ४४ बजे गएको यस भूकम्पबाट ठाउँ ठाउँमा क्षति भएको कुसिङ्ग प्रहरी विभागले जानकारी दिएको छ । एसजिएसका अनुसार होक्लाहोमा राज्यमा गत हप्ता १९ वटा स–साना भूकम्प गएको रिकर्ड गरिएको थियो । आइतबार साँझ गएको भूकम्पको कम्पन क्यान्सास सिटी, मिस्साउरी र अक्र्यान्सास राज्यको लिट्टिलक रक नगरमा महसूस गरिएको पनि युएसजिएसले जानकारी दिएको छ ।

Earthquake in america

विशेष