News

राजधानीलाई लोडसेडिङ मुक्त बनाउने मुर्त खाका ल्याउन प्रधानमन्त्रीको निर्देशन

राजधानीलाई लोडसेडिङ मुक्त बनाउने मुर्त खाका ल्याउन प्रधानमन्त्रीको निर्देशन
कात्तिक – २२ । प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणलाई राजधानी उपत्यकालाई लोडसेडिङमुक्त गराउन निर्देशन दिएका छन् । सोमबार विहान प्रधानमन्त्रीले प्रधाकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफूले राखेको काठमाडौँलाई लोडसेडिङ मुक्त बनाउने योजनाको खाका ल्याउन निर्देशन दिएका हुन् । उनले यस कार्यलाई सफल बनाउने क्रममा कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा प्रधानमन्त्रीले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न’ पनि निर्देशक घिसिङलाई निर्देशन दिए । भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दिँदै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउने बताए ।

bidhut pradhikaran Kulman Ghising puspakamal dahal prachanda

विशेष