News

वन कार्यालयले भूकम्पपीडितलाई काठ उपलब्ध गराउन नसक्ने

वन कार्यालयले भूकम्पपीडितलाई काठ उपलब्ध गराउन नसक्ने
कात्तिक २२ । जिल्ला वन कार्यालय काठमाडौँले भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसक्ने भएको छ । कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँमा वनको मात्रा कम हुँदा भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसकिएको बताएका हुन् । काठमाडौँ जिल्लामा वनको क्षेत्रफल १५ हजार २७९ हेक्टर रहेको छ । उनले भने –“काठमाडौँमा सालको जङ्गल छैन, चिलाउने र कटुसको हो, त्यही पनि काठ बन्ने खालको छैन ।” राम्रो काठ उत्पादनका लागि ३६ इञ्चभन्दा बढी गोलाइ तथा १५ फिटभन्दा अग्लो रुख राम्रो हुन्छ । तर काठमाडौँको वनको काठ पोल (सानो) साइजको रहेको छ । काठमाडौँमा हाल १४३ सामुदायिक वन रहेको छ । काठमाडौँको पुनःनिर्माणका लागि करिब ४० हजार क्यूफिट काठ चाहिने कार्यालयले जनाएको छ । काठमाडौँमा चाहिने काठ तराईका विभिन्न जिल्लाबाट झिकाउने तयारीसमेत भएको प्रवक्ता दाहालले बताए।

Ban karyalaya Bhukampa Pidit Forest Depart wood

विशेष