विदेश

निकारागुवाको मतदानमा ओर्टेगाको पार्टी अगाडी

निकारागुवाको मतदानमा ओर्टेगाको पार्टी अगाडी
कात्तिक २२ गते । निकारागुवामा राष्ट्रपतीय पदको आइतबार सम्पन्न भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डानियल ओर्टेगा अर्को अवधिका लागि पनि अग्रस्थानमा रहेका छन् । खसेका मतहरुमध्ये हालसम्म २१ प्रतिशतको गणना सकिई सकेकोमा ओर्टेगाको पार्टी ‘सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्ट (एफएसएलएन)’ ले ७१ प्रतिशत मत हासील गरी अग्रता लिएको निकारागुवाको निर्वाचन सर्वोच्च परिषदका प्रमुख आयुक्त रोबर्टो रिभासले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । सूचिमा नामाङ्कन गरिएका बैध मतदाताहरुमध्ये ६५ प्रतिशतले निर्वाचनमा भाग लिएका छन् । निर्वाचनपूर्व गरिएको जनमत सर्र्वेक्षण प्रषेपणअनुसार नै निर्वाचनको प्रारम्भिक परिणाम आएको र वर्तमान राष्ट्रपति ओर्टेगाको पार्टी ठूलो मतान्तरले विजयी हुने प्रष्ट लक्षण देखिइ सकेको एफएस एलएनले जानकारी दिएको छ । निकारागुवामा आइतबार राष्ट्रपति र राष्ट्रिय सभाका सांसदहरु चयनका लागि निर्वाचन सम्पन्न भएको थियो । आइतबार सम्पन्न निर्वाचनको सम्पूर्ण औपचारिक परिणाम स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म प्रकाशन भैसक्ने पनि प्रमुख आयुक्त रिभासले जानकारी दिए ।

Nicaragua

विशेष