News

सार्वजनिक व्यक्तिमाथि छानबिन भन्ने समाचारको अख्तिायरद्वारा खण्डन (विज्ञप्तिसहित)

सार्वजनिक व्यक्तिमाथि छानबिन भन्ने समाचारको अख्तिायरद्वारा खण्डन (विज्ञप्तिसहित)
कात्तिक – २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरुमाथि अनुसन्धान र छानबिन हुन लागेको भनी सार्वजनिक भएको समाचारको खण्डन गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले व्यक्तिहरु लक्षित गरी काल्पनीक सूचीसहितस अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित सामाग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो । आयोगले आफ्ना सबै अनुसन्धान गोप्य रहने भएकाले त्यसमा सत्यता नरहेको स्पष्ट पारेको छ । ‘आयोगको आफ्नो छानबिन तथा सम्पूर्ण अनुसन्धान कार्य गोप्य रहने ब्यहोरा समेत स्पष्ट पारिन्छ’ अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले सम्पादन हुने छानबिन, अनुसन्धान तथा अभियोजन लगायतका गतविधिबारे सार्वजनिक गर्नुपर्ने विषय आयोग प्रवक्ताद्वारा मात्र हुने ब्यवस्था रहँदै आएकोले आयोग सूत्रलाई हवाला दिएर प्रकाशित त्यस्ता सामग्रीमा सत्यता नरहेको भन्दै भ्रममा नपर्ने आग्रह गरेको छ । केही दिनअघि सञ्चार माध्यमहरुमा अख्तियारले प्रमुख दलका सार्वजनिक पदमा भएका व्यक्तिहरुलाई अनुसन्धान गर्न लागेको भन्दै सूचीसहित प्रकाशित भैरहेको समाचारको अख्तियारले त्यसको खण्डन गरेकाे हाे । ciaa  

Akhtiyar akhtiyar durupayog anusandan aayog

विशेष