विदेश

मालीमा एक शान्तिसेनासहित दुई नागरिक मारिएकाेमा राष्ट्रसंघद्वारा निन्दा

मालीमा एक शान्तिसेनासहित दुई नागरिक मारिएकाेमा राष्ट्रसंघद्वारा निन्दा
कार्तिक - २२ । मालीको मोप्टी क्षेत्रमा आइतबार भएको एक आक्रमणमा परी टोगोबाट आएका संयुक्तराष्ट्र सङ्घीय एक शान्तिसेना दुईजना मालीका नागरिक मारिएका छन् । सयुक्त राष्ट्रका प्रवक्ताद्वारा सोमबार जारी विज्ञप्तिमा सो जनाकारी दिइएको छ । यस आक्रमणको क्रममा मालीमा स्थायित्वको लागि संयुक्त राष्ट्र सङ्घले माली मिसन (मिनुस्मा) अन्तर्गत पठाएका सातजना शान्ति सेना घाइते पनि भएका छन् । यस भीषण आक्रमणको संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले कडा शब्दका निन्दा गरेका छन् । आक्रमणकारीलाई न्यायको कठघरामा उभ्यिाउनुपर्ने समेत उहाँले प्रष्ट पारेका छन् । तर यस आक्रमणमा कसको हात रहेको सो भने तत्काल प्रष्ट हुनसकेको छैन् । राजनीतिक प्रक्रिया र स्थायित्वको लागि सुरक्षा निकायलाई सघाउन मिनुस्माको स्थापना सन् २०१३ का भएको थियो तर मिनुस्मामाथि मालीमा बारम्बार आतङ्ककारी आक्रमणमा हुँदै आएको पाइन्छ ।

Mali Accident

विशेष