News

काठमाडौँमा विकल्पसहितको स्थानीय तह पुनःसंरचना प्रतिवेदन पेस

काठमाडौँमा विकल्पसहितको स्थानीय तह पुनःसंरचना प्रतिवेदन पेस
कात्तिक - २२ । जिल्ला प्राविधिक सहयोग समिति काठमाडौँले विकल्पसहितको प्रतिवेदन स्थानीय तह पुनःसंरचना आयोगलाई पेस गरेको छ ।प्रमुख दलबीच एउटै संरचना पठाउन सहमति नभएपछि विकल्पसहितको प्रतिवेदन पठाइएको जिल्ला विकास समिति काठमाडौँले जनाएको छ । पहिलो विकल्पअनुसार हाल कायम रहेका ११ नगरपालिकामध्ये नौ वटालाई नगरपालिका र आयोगको मापदण्डअनुसार जनसङ्ख्या नपुग्ने दुई नगरपालिकालाई गाउँपालिका बनाउने प्रस्ताव छ । ग्रामीण भेगमा रहेका र जनसङ्ख्या पनि नपुगेका शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई गाउँपालिका बनाउन सिफारिस गरिएको छ । कागेश्वरी मनहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली, कीर्तिपुर र काठमाडौँ महानगरपालिकालाई नगरपालिका सिफारिस गरिएको समितिका सदस्य सचिव एवम् जिविस काठमाडौँका वरिष्ठ सूचना अधिकृत प्रवीण प्याकुरेलले बताए । “एउटै विकल्प सिफारिस गर्नेमा सबै दलका बीचमा सहमति नभएपछि दुवै विकल्प आयोगलाई सिफारिस गरिएको हो”– उनले भने । दोस्रो विकल्पअनुसार शङ्खरापुर र कागेश्वरी मनहरालाई गाभी एउटा नगरपालिका र दक्षिणकाली एवम् कीर्तिपुर नगरपालिकालाई गाभी एउटै बनाउने प्रस्ताव गरिएको छ । अन्य सात नगरपालिकालाई यथावत् कायम राखिएको छ । यो विकल्प आयोगले तोकेको मापदण्ड बमोजिम भएको समितिले जनाएको छ । स्थानीय निकायको केन्द्र तोक्न भने नगरपालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा जिविस काठमाडौँका एक जना अधिकृत सदस्य रहेको दुई सदस्यीय समिति गठन गरिएको छ । समितिले आगामी शुक्रबारसम्ममा केन्द्र निर्धारण गर्नेगरी समय तोकिएको छ ।

buffalo import in Kathmandu kathmandu

विशेष