विदेश

ओबामाले भने : क्लिन्टन दृढ आत्मविश्वास भएकी सच्चा नारी हुन् ।

ओबामाले भने : क्लिन्टन दृढ आत्मविश्वास भएकी सच्चा नारी हुन् ।
कात्तिक २३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टन असाधारण क्षमता भएकी महिला भएको बताएका छन् । उनले डोनाल्ड ट्रम्पको विपक्षमा भोट हाल्न हिचकिचाउनै नपर्ने बताएका छन् । मतादान केन्द्र खुल्नु आधा दिन अघि अमेरिकाको फिलाडेल्फियाको इन्डिपेडेन्स हलबाहिर आयोजना गरिएको विशाल र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले सो कुरा बताएका हुन् । हजारौं समर्थकहरुका माझ उनले भने, ‘यो निर्वाचन हाम्रो परीक्षाको घडी हो, यसमा कसैको विरुद्ध नभई कसैको समर्थनमा मतदान गर्न आह्वान गर्छु ।’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले कहिलेकहीँ ट्रम्प अभियानको निरर्थक भाषण र वाहियात प्रलाप सुन्दा सुन्दा ‘जिब्रो टोक्नु परेको’ भन्दै उनले ट्रम्पलाई ‘लहडी व्यक्ति, क्लिन्टनलाई धोखापूर्ण महिला भनी अनर्गल प्रचार गर्दै विद्वेष फैलिने दुष्कार्य गर्ने व्यक्ति’ को संज्ञा दिँदै एक खास अमेरिकी नागरिकसरह क्लिन्टन पनि दृढ आत्मविश्वास भएकी सच्चा नारी भएकी बताए । उनले एक सच्चा नारीलाई राष्ट्रपति पदमा जिताउन आह्वान गरे ।

Barak Obama donald tromp hilary clinton

विशेष