विदेश

अमेरिकी नागरिकले गरे अन्तरीक्षबाटै मतदान

अमेरिकी नागरिकले गरे अन्तरीक्षबाटै मतदान
कात्तिक २३ । ‘इन्टरनेसनल स्पेस स्टेसन’मा रहेका अमेरिकी अन्तरीक्ष यात्री शेन किम्ब्रोले अन्तरीक्षबाटै अमेरिकी राष्ट्रपति पदका लागि मतदान गरेका छन् । उनी मध्य अक्टोबरमा त्यहाँ पुगेका हुन् । उनी दुई रुसी अन्तरीक्षयात्रीका साथमा स्पेस स्टेसनमा छन् । किम्ब्रोले स्पेस स्टेसनबाटै मतदान गरेको नासाले जनाएको छ । फेब्रुअरी महिनामा किम्ब्रो पृथ्वीमा फर्किने बेलासम्ममा अमेरिकाको नेतृत्व नयाँ राष्ट्रपतिले सम्हालिसक्नेछन् । तर जो राष्ट्रपति बने पनि किम्ब्रोलाई समस्या छैन। अघिल्लो महिना किम्ब्रोले भनेका थिए, ‘नयाँ राष्ट्रपति जो भए पनि म उनलाई स्वागत गर्नेछु ।’

America sen kimbro

विशेष