News

लोकमानविरुद्धको मुद्दामा विपक्षीसँग सर्वाेच्चले लिखित जवाफ माग्यो

लोकमानविरुद्धको मुद्दामा विपक्षीसँग सर्वाेच्चले लिखित जवाफ माग्यो
कात्तिक २३ । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेकोमा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीसहित चार जनालाई कारबाही गर्न माग गर्दै परेको रिटमा विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ । यसरी लिखित जवाफ दिँदा प्रतिवादीहरु स्वयम् अदालतमा उपस्थित हुनु पर्नेछ । मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशमा भनिएको छ, ‘सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् आफैं उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नु ।’ कार्कीको योग्यतासम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेलीका क्रममा अवरोध भएको थियो । तामेलीमा अवरोध गर्ने कार्की, उनका ज्वाइँसहित चार जनालाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा कार्कीसँगै उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई विपक्षी बनाइएको छ ।

lokman singh karki sarbochha adalat

विशेष