विदेश

अमेरिकी राष्ट्रपतिमा को आउँदा के हुन्छ ? क्लिन्टन र ट्रम्पको नेपाल नाता के ?

अमेरिकी राष्ट्रपतिमा को आउँदा के हुन्छ ? क्लिन्टन र ट्रम्पको नेपाल नाता के ?
कात्तिक – २३ । चुनाव अमेरिकाको हो, त्यसैले विश्वको ध्यान तानिएको छ । विश्वशक्ति राष्ट्रको भावि कमाण्डरको व्यक्तित्वले विश्वजगतलाई प्रत्यक्ष प्रभाव राख्नेछ । त्यसमाथि प्रतिष्पर्धा दुई उम्मेदवारको विश्वदृष्टिकोणमा व्यापक अन्तर छ । hillary-clinton-vs-donald-trump आप्रवासीलाई हेर्ने दृष्टिकोणमा पनि आकाश जमिनको फरक देखिन्छ । रिपब्लिकन उम्मेदवार ट्रम्पले जिते के होला ? हिलारी आए कसो होला ? लेखाजोखा सर्वत्र भइरहेको छ । नेपाल दुबै उम्मेदवारको प्रथामिकतामा छैन । उनीहरुको चुनावी दौडमा नेपालको विषय कहि उठेको पनि छैन । तर, नेपाल र नेपाली पनि पनि यि दुईको जित र हारमा प्रत्यक्ष वा परोक्षरुपमा प्रभावित हुनेछन् । हिलारी क्लिन्टन विश्वसमुदायका लागि नयाँ पात्र होइनन् । अमेरिकी प्रथम महिला र विदेशमन्त्रीका रुपमा हिलारीलाई विश्वले चिनिसकेको छ । सोही मेसोमा उनले विश्व समुदायलाई चिनेकी छन् । अमेरिकाका ४२ अाैँ राष्ट्रपति बिल किलिन्टनकी जीवनसंगिनी हिलारी झण्डै तीन दशकयता अमेरिकन जनताका लागि परिचित पात्र हुन् । हिलारी उदारवादी नेतृका रुपमा चिनिन्छिन् । अमेरिका सबैको साझा र विश्वको सुन्दर मानव फुलबारी हो भन्ने उनको धारणा छ । उनी अमेरिकामा रहेका गैरअमेरिकी मूलका बासिन्दाका लागि विशेषरुपमा प्रिय छिन् । किनभने उनका प्रतिष्पर्धी डोनाल्ड ट्रम्प आप्रवासी मूलतः मुस्लिम समुदायका लागि कटु सुनिन्छन् । डोनाल्ड ट्रमका आक्रमक अभिव्यक्तिका कारण विश्वजगतमा सनसनी मच्चायो । कार्यकालको आखिरी दिनतिर बर्तमान राष्ट्रपति बाराक ओबामा ट्रम्पका बिरुद्धमा खनिए । उनले ट्रम्प विश्वको शक्तिशाली अमेरिकी सेनाको सुप्रिम कमाण्डर हुन योग्य नरहेको प्रष्टिकरण दिदैआएका छन् । बहुलठ्ठी व्यक्तिलाई अमेरिकाको परमाधिपति सुहाँदै सुहाउँदैन भन्ने ओबामाको भनाइ अमेरिकी संचारमाध्यममा हिट बनेको छ । ट्रम्प सत्तामा आए अमेरिकी नीति आक्रामक हुने र यसको सोझो असर विश्व शक्ति सन्तुलनमा पर्ने धेरैको विश्लेषण छ । चीन, उत्तर कोरिया, रुस, मध्यपूर्वलगायतका देशमा अमेरिकाको चुनावी परिणामलाई विशेषरुपमा नियालिएको छ । विश्व शक्ति अमेरिकाको चुनाव अमेरिकाका लागि मात्र होइन ट्रम्पका कारण विश्वजगतकै लागि थप चासोको विषय बनेको छ । ट्रम्पलाई अमेरिकाका सभ्रान्त र रैथानेहरुको खास साथ रहेको बताइन्छ । अरबौँका धनी ट्रम्प व्यवसायमार्फत राजनीतिमा उदाएका पात्र हुन् । उनी आफैँ भन्छन्ः म राजनीति गर्ने मान्छे होइन, तपाईको मन बुझेको व्यवहारिक व्यक्ति हुँ । ट्रम्प हिलारीलाई कमजोर पात्रका रुपमा अर्थाउँछन् र, हिलारीले चुनाव जितेमा अमेरिका कमजोर बन्ने उनको जिकिर छ । हिलारी ट्रम्पका बारेमा उस्तै आक्रामक अभिव्यक्ति दिन्छिन् । विश्व मनोविज्ञान नबुझेको, महिलालाई हेप्ने गरेको तथा अमेरिकाजस्तो फुलवारी देशलाई उजाड बनाउन खोजेको आरोप लगाउछिन् । अघिपछिका चुनावमा भन्दा यो पटक प्रतिष्प्रर्धीले एकअर्कालाई व्यक्तिगत आरोप प्रत्यारोप बढी नै गरेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पमाथि राजश्व छलीको आरोप लगाइन् हिलारीले । हिलारीमाथि विदेशमन्त्री हुँदा व्यक्तिगत इमेलको प्रयोग गरी सूचना चुहाएको आरोप लगाए ट्रम्पले । चुनावको अघिल्लो दिनसम्म दोहोराएर हिलारीका हजारौँ मेल एफबिआईले चेकजाँच गरिरह्यो । भलै, हिलारीले क्लिन चिट पाइन्, उनी विवादमुक्त भने हुन सकिनन् । हिलारीले जितेमा अमेरिकामा धेरै इतिहास रचिने छ । उनी पहिलो महिला राष्ट्रपति हुनेछिन् । पहिलो श्यामस्वेत राष्ट्रपति पछि अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउनेछ । विश्वको सबैभन्दा कार्यकारी शक्ति हत्याउने हिलारी सबैभन्दा शक्तिशाली व्यक्ति दरिनेछिन् । जर्मनी, बेलायत, नेपाललगायतका देशमा महिला प्रमुख भएपनि अमेरिकाका लागि यो अझै पर्खाइको विषय बनेको छ । दम्पत्ति नै राष्ट्रपति भएको उदाहरणको रुपमा किलिन्टन दम्पत्तिको जोडीले इतिहास रच्नेछ । विल किलिन्टन यसअघि दुई कार्यकालसम्म राष्ट्रपति भएका थिए । दुई कार्यकालसम्म प्रथम महिलाका रुपमा हिलारी ह्वाइटहाउसमा रहेकी थिइन् । तसर्थ उनका लागि ह्वाइटहाउस नयाँ हुनेछैन । बरु, प्रथम पुरुषका रुपमा कोही व्यक्ति ह्वाइट हाउसमा बसेको पहिलो घटना हुनेछ विल किलिन्टनका सन्दर्भमा । विल किलिन्टन अमेरिकी जनताका नजरमा ह्याण्डसम र प्रिय राष्ट्रपति हुन् । तर, दोस्रो कार्यकालमा यि नराम्रोसँग विवादमा फसे । ह्वाइटहाउसमा कर्मचारी रहेकी मोनिका लेवेन्स्कीसँग सहबास गरेको तथ्य प्रमाणित भएपछि उनी धन्ने महाअभियोगमा परेनन् । हिलारीले क्षमा दिएपछि उनलाई धेरै सहज भएको थियो । हिलारीले पतिलाई बचाउन महिला स्वाभिमान गुमाएको भनि आलोचनापनि हुने गर्दछ । अर्कोतर्फ क्षमादान गरेर असल नारीको भुमिका निर्वाह गरेको भनि प्रसंशापनि हुने गर्दछ । हिलारीलाई एक हिसावले मोनिकाले सहयोग गरेकी छन् । मिडियामा मोनिका, विल र हिलारीको प्रसंग आएपनि चुनावी सरगर्मी शुरु भएपछि मोनिका मौन बसेकी छिन् । उनले विपक्षमा मुख खोलेमात्र पनि ठूलै मसला ट्रम्प पक्षधरलाई मिल्ने पक्का थियो । २२ बर्षकी मोनिका विलका कारण चर्चाको शिखरमा पुगेको २१ बर्ष बितेछ । ४३ बर्षिय मोनिकाको भविश्य के होला थाहा छैन, तर सत्तरी बर्षि हिलारीको भविष्य केही घण्टामा निश्चित हुँदैछ । हिलारी राजा विरेन्द्रको कार्यकालमा रानी ऐश्वर्याको निमन्त्रणमा नेपाल आएकी थिइन् अमेरिकी प्रथम महिलाको रुपमा । उनी बसेको होटेल सोल्टीको पौडी पोखरीमा मिनरल वाटर हालिएको प्रसंग उनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेकी छिन् । किशोरवयकी छोरीसहित काठमाडौँ आएकी हिलारीको केही नेपालीसँग अन्तरंग सम्बन्ध भएको बताइन्छ । नेपालसँग परिचित भएका कारण पनि हिलारीको राष्ट्रतिय दौडका बारेमा धेरै नेपालीको चासो छ । हिलारीले चुनाव जितेमा एउटै पार्टीले लगातार तेस्रो पटक चुनाव जित्ने विरलै घटना अमेरिकामा हुनेछ । ट्रम्पले चुनाव जितेमा रिपब्लिकन पार्टीले ठूलै कमव्याक गर्नेछ । पछिल्लो समय रिपब्लिकन पार्टीमाथि चुनाव जित्ने उम्मेदवारको समेत नभएको भनि आलोचना भइरहेको छ । ट्रम्प नेपाली समुदायका लागि उति परिचित छैनन् । उनको मुख्य निशाना मुस्लिम देशमाथि रहेको छ । हिन्दु बहुल अविकसित देश नेपालमा उनले खाशै चासो पनि दिएका छैनन् । कट्टरवादी हिन्दुहरुले ट्रम्पले जितेमा मुस्लिमलाई तह लगाउँथे भन्ने विश्वासका साथ पूजाआजा गरेको समाचारपनि बाहिरिएका छन् । ट्रम्पले चीनसँग कस्तो सम्बन्ध राख्छन्, त्यसैको प्रभाव नेपालमाथि अप्रत्यक्ष रुपमा पर्ने देखिन्छ । ओबामाले भुकम्पपछि अमेरिकामा रहेका नेपाली आप्रवासीमाथि सहानुभुति राख्दै आएका थिए ।

donald rump Hillary Clinton

विशेष