News साहित्य आज

साहित्यकार इन्द्रबहादुर राईलाई उपचारका लागि काठमाडौँ ल्याइयो

साहित्यकार इन्द्रबहादुर राईलाई उपचारका लागि काठमाडौँ ल्याइयो
कात्तिक - २३ । साहित्यकार इन्द्रबहादुर राई उपचारका लागि काठमाडौं आएका छन् । दार्जि्लिङ निवासी उनानब्बे वर्षे राई अस्वस्थ भएपछि उपचारका लागि उनलाई मंगलबार काठमाडौं ल्याइएको हो । नेपाली मूलका साहित्यकार राईले ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना पुस्तकका लागि सन् १९७५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । उनका ‘आज रमिता छ’ उपन्यास, ‘विपना कतिपय’ कथासँग्रह, ‘अर्थहरूको पछिल्तिर’ र ‘लीला प्रस्तावना’ जस्ता समालोचना पुस्तक पाठकबीच लोकप्रिय छन् । वैरागी काइँला, ईश्वरबल्लभ र राई मिलेर विक्रम संवतको २०२० दशकमा तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान सुरु गरेका थिए ।

indra bahadur rai

विशेष