News

प्रमिकाको हत्या गर्ने प्रेमी पक्राउ

प्रमिकाको हत्या गर्ने प्रेमी पक्राउ

कात्तिक २३ । प्रेमिकाको हत्या गरेको आरोपमा रामेछापका रेशम भन्ने मुक्तिनाथ लामिछाने पक्राउ परेका छन् । लामिछानेले आफ्नो प्रेमिका सन्तोषी भन्ने एलिसा नेपालीको कत्तिक १२ गते हत्या गरी निलबाराही जंगलमा लगेर फालेको अवस्थामा प्रहरीले कात्तिक २० गते शव फेला पारेको थियो । प्रहरीका अनुसार अनुसन्धान टोलीले हत्याबारे अनुसन्धान गर्दा लामिछानेलाई दोषी पाएको हो ।

लामिछानेले एलिसाको हत्या गरेपछि उनकै मोबाइल नम्बरबाट एलिसाको बुबालाई फोन गरी फिरौती रकम समेत मागेको अनुसन्धानको क्रममा खुल्न आएको छ । अभियुक्त लामिछानेले एलिसालाई गुन्द्री बुन्ने हतासोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । लामिछानेलाई कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत ठिमी पठाइने प्रहरीले जनाएको छ ।

विशेष