विदेश

हिलारीकी सौता बन्न आँटेकी मोनिका र श्रीमान् बिल क्लिन्टनबीचको सम्बन्ध यस्तो थियो [भिडियाेसहित]

हिलारीकी सौता बन्न आँटेकी मोनिका र श्रीमान् बिल क्लिन्टनबीचको सम्बन्ध यस्तो थियो [भिडियाेसहित]
कात्तिक - २३ । व्हाइट हाउसमा काम गर्ने २२ वर्षकी एक इन्ट्रन युवतीले बिल क्लिटनको कुर्ची हलाइदिएकी थिइन् । त्यतिबेला क्लिन्टनको उमेर ४९ वर्षको थियो । उनको हिलारी क्लिन्टनसँग विवाह भएको २० वर्ष भइसकेको थियो । bill-clinton बिल क्लिन्टन अमेरिकाका ४२ औँ र अमेरिकी तेस्रो युवा राष्ट्रपति बने । उनी व्हाइट हाउसमा १९९३ देखि २००१ सम्म रहे । थियोडोर रुजवेल्ट र जान एफ केनेडी पछिका तेस्रो युवा नेता मानिन्छन् । उनको नाम जेनिफर फ्लावर्ससँग पनि जोडिएर भने यो भन्दा पहिला उनको नाम एक अर्की महिला पाला जोन्स नाम गरेकी महिलासँग पनि जोडिएको थियो । तर, मोनिका लेविंस्कीसँगको सम्बन्ध विश्वभर तहल्का मच्चायो । १९९५ मा लेविस एन्ड क्लार्क कलेजको स्नातकको पढाइ पूरा गरेपछि आफ्नो साथीको माध्यमबाट मोनिका व्हाइट हाउसमा इन्टर्न गर्न पुगेकी थिइन् । उनको प्रशिक्षण समाप्त भएपछि पछि उनलाई उत्कृष्ट इन्टर्न नियुक्त गरियो । यसै समय मोनिका र क्लिन्टनको भेटघाट भएको थियो । इन्टर्नबाट उनी कार्यालयको कर्मचारीमा नियुक्त भइन् । त्यही समयममा नै उनीमाथि बिल क्लिन्टनको नजर परेको थियो । क्लिन्टन त्यतिबेलाका आकर्षित ब्याक्तित्व मानिन्थे । मोनिका पनि उनबाट प्रभावित थिइन् । सरकारी कामकाजका दौरान उनीहरुबीच कुराकानी हुन थाल्यो । मोनिका सुन्दर थिइन् । उनको आकर्षणले क्लिन्टनलाई खिच्दै लग्यो । यता मोनिका आफैै उनको नजिक हुन चाहिन्थिन् । उनीहरुको प्रेम वढ्दै गएपछि दुबैबीच शारीरिक सम्बन्ध पनि भयो । उनीको प्रेम केही वर्षसम्म चलिरह्यो । यसको खुलासा मोनिकाकी साथी तथा रक्षा विभाग की सहकर्मी लिंडा ट्रिपबाट भयो । मोनिकाले आफ्नो र बिल क्लिन्टनको सम्बन्धका बारेमा डिन्डालाई बताएकी थिइन् । लिन्डाले मोनिकालाई थाहा नदिइ उनको कुराकानी रेकर्ड गरिदिइन् । यो कुरा धेरै समयसम्म लुकि नै रह्यो । इन्टर्नमा काम गरिरहेका मोनिकालाई बिलले इन्ट्रनबाट व्हाइट हाउसको कर्मचारीको रुपमा राख्न उनले सिफारिस गरे ताकि उनीहरुको सम्बन्ध अझै सुमधुर बनोस् । तर, मोनिकाले बिलको प्रस्तावलाई अस्वीकार गरिदिइन् । मोनिका र बिलको सम्बन्धका बारेमा जनावरी १९९८ बाहिरिएको आयो । मोनिकाले पाउल जोन्सको केसमा बिल क्लिन्टको कुनै सम्बन्ध छैन भन्ने सपथपत्र तयारीका बेला लिन्डाले उक्त रेकर्डिङ पेश गरिन् । यो रेकडिङ तीन मिनेट ४७ सेकेन्ड को थियो । तत्कालिन अवस्थामा दुबैले यो व्हाइट हाउसको सम्बन्धलाई अस्वीकार गरिरहे । तर, सत्य धेरै समय लुक्न सकेन । पछि मोनिकाले अदालतमा सबै कुरा स्वीकार गरिन् । त्यतिबेलासम्म पनि बिल क्लिन्टनले आफ्नो गल्ती स्वीकार गर्न मानिरहेका थिएनन् । १९९६ मा क्लिन्टनसँग धेरै सयम बिताएको भन्दै मोनिकालाई पेन्टागन सरुवा गरिएको थियो । त्यसपछि १९९७ मा मोनिकालाई व्हाइट हाउसले सयुक्त राष्ट्रको कुनै पनि पद दिन तयार रहेको प्रस्ताव दिएको थियो । तर, मोनिकाले व्हाइट हाउसको प्रस्ताव अस्वीकार गरेकी थिइन् । वास्तिविकता बाहिर आएपछि बिल क्लिन्टनले ठूलो मूल्य चुकाउनु पर्यो । अदालतले उनको वकालतको लाइसन्स खोस्यो र उनलाई ९० हजार डलर जरिवाना तोकिदियो । यता, व्हाइट हाउसले बिल क्लिन्टनका विरुद्ध महाअभियोगको दर्ता गरियो । व्हाइट हाउसमा भएको यो तेस्रो घटना थियो । तत्कालिन अवस्थामा यो घटनाको टेप र अन्य प्रमाण सबै मेटिदिएको अदालतले घोषण गरेको थियो । मोनिकाले पनि स्वीकार गरेकी थिइन् । तर १६ वर्षपछि अमेरिकाको राष्ट्रपतिको चुनावको दौरान त्यो पुरानो घटना फेरि दोहोरियो । यो घटनालाई रहस्यमय मानिएको छ । यता मोनिको अर्को चालको रुपमा पनि हेर्न गरिएको छ । किनकि मोनिका लामो समयदेखि नेपथ्यमा छिन् । उनलाई सार्वजनिक जीवनमा फर्किने छटपटी भइरहेको अनुमान गर्न सकिन्छ ।
- नेत्र पाैडेल
 

bill clinton Hillary Clinton jenifor fwaorce

विशेष