विदेश

मोनिका र बिलबीचको सम्बन्धले यसरी विवादित बनेकी थिइन् हिलारी

मोनिका र बिलबीचको सम्बन्धले यसरी विवादित बनेकी थिइन् हिलारी
कात्तिक - २३ ।  विश्वको ध्यान अमेरिकी राष्ट्रपतिको चुनावमा खिचिएको छ । राष्ट्रपतिका दुई प्रतिनिधिबीच कडा प्रतिस्पर्धा रह्यो । दुबै जना एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन पछि परेनन्  । यो पटकको चुनावमा सामाजिक सञ्जालको पनि ब्यापक प्रयोग भयो । hillary-clinton-husband यो पटककाको अमेरिकी राष्ट्रपतिको चुनावले १७ वर्षे पुरानो मुद्दालाई पुनः गसिफको विषय बनाइ यो । श्रीमान बिल क्लिन्टनको अनैतिक सम्बन्धका बारेमा विपक्षी नेता डोनाल्ड ट्रम्पले हिलारीलाई शब्दवाण प्रहार गरिरहे । अमेरिकी राजनीतिक पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै राष्ट्रपति पदको उमेद्वार बनेकी हिलारी, आफ्ना श्रीमान तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनका कारण धेरै दिक्दारीको सामना गर्नुपर्यो । बिल क्लिन्टनको राजनीतिक जीवनमा उनको सम्बन्ध केही महिलासँग जोडिएर आउको थियो । उनको नाम पाउल जोन्स, मोनिका लेविन्स्की र जेनिफर फ्लाँवर्ससँग जोडियो । पहिला उनले ती सबै सम्बन्धहरुलाई अस्वीकार गरेका थिए । तर, पछि मुद्दा अदालतसम्म पुगेपछि उनले सबै सम्बन्धहरुलाई स्वीकार गर्न बाध्य बने । श्रीमानले गल्ती स्वीकार गरिसकेपछि पनि हिलारीले श्रीमानको साथ भने छोडिनन् । हिलारीलाई आफ्नो श्रीमानको साथमा रहनु चुनौतीपूर्ण निर्णय सिबित बन्यो । तर उनी हरेक विवादका अगाडि चट्टान बनेर उभिइरहिन् । hillary यसैको फाइदा उठाउँदै विपक्षी नेता डोनाल्ड ट्रम्पले हिलारीलाई तिखो प्रहार गरिरहे । ट्रम्पले विवादित ट्वीट गरे, जसमा श्रीमानलाई सन्तुष्ट गर्न नसक्ने हिलारी के राष्ट्रलाई सन्तुष्टि गर्लिन । यो ट्वीटका कारण ट्रम्प धेरै आलोचित बने र पछि ट्वीट डिलिट गर्न बाध्य भए । त्यतिबेला, बिल क्लिन्टनले राष्ट्रपति कार्यकालमा राखेका गोप्य सम्बन्ध सार्वजनिक हुँदै जाँदा हिलारीको छवीमा पनि प्रश्न चिन्ह तेर्सिएको थियो । श्रीमानकाे अनैतिक सम्बन्धले गर्दा उनको जीवनयापन पनि समस्यामा फस्दै गयो । तर उनले श्रीमानसँगको सम्बन्ध तोड्न चाहिनन् किनकि उनको एकातर्फ छोरी थिइन् भने अर्को तर्फ आत्मसम्मान । जीवनसाथीकाे धोकाले एक्लैलाई सम्हाल्न गाह्रो हुन्छ, अझ उनको पछि त सारा दुनियाँ लागेको थियो जसले गर्दा उनको जीवन अझ कष्टकर बन्यो । तर उनले बिल क्लिन्टनलाई छोड्न मानिनन् । त्यसपछि बिलसँग सम्बन्ध जोडिएका महिलाहरुको चरित्रमा पनि प्रश्न उठ्न थाल्यो । hilary १९९२ मा हिलारीले विवादित अन्तरवार्ता दिइन् । उनलाई आम महिलाहरुको बेइज्जत गरेर श्रीमानलाई बचाउन लागेको आरोप लाग्यो । त्यतिबेला, क्लिन्टन दम्पतीले आफ्नो नैतिकतालाई बचाउनका लागि एउटा निजी अनुसन्धान संस्थाको सहयोग लिनु परेको थियो । जुन संस्थाले बिल क्लिन्टनसँग सम्बन्ध जोडिएका महिलाहरुको सम्पूर्ण विवरण निकाल्न लगाइयो । ती महिलाहरुको विवरणहरु संकलन गरेर हिलारीको चरित्र बचाउने उद्देश्य राखियो । त्यो समय हिलारीले सार्वजनिक रुपमै बिलसँग सम्बन्ध जोडिएका महिलाहरु मोनिक लेविन्स्की, जेनिफर फ्लावर्स लगायतलाई निसाना बनाएकी थिइन् । जुनबेला हिलारी र बिलले ति महिलाहरुलाई आफ्नो शिकार बनाएका थिए त्यहाँ एउटा यस्तो समूह पनि थियो जसले उनीहरुका गतिविधिहरुलाई स्वीकार गरिरहेका थिएनन् । नब्बेको दशकमा अमेरिकामा श्रीमानको साथमा रहन मनपराउने गरिन्थ्यो । तरपनि अमेरिकी युवा महिलाहरुले उनलाई मनपराउन छाडेका थिए । किनकि त्यो बेलाका युवा महिलाको विचारमा एउटा महिलाले अर्को महिलालाई साथ दिनु पर्दछ, उनीहरुको विरोध गर्नु हुँदैन भन्ने मान्यताको विकास हुँदै गएको थियो । त्यस्तै अहिले पनि एउटा महिला अफ्ठ्यारो अवस्थामा छ भने अर्को महिलाले साथ दिनु पर्दछ भन्ने मान्यता राखिन्छ अमेरिकामा चाहे त्यो श्रीमान नै किन नहोस् । एउटी महिलाले अर्कि महिलालाई लज्जास्पद बनाउने काम महिलाले गर्नु हुँदैन मान्यताका विपरित हिलारीले अनैतिक सम्बन्ध राख्ने आफ्ना श्रीमानकाे पक्षमा रहेकी थिइन् । यही विषयलाई लिएर युवा महिलाबाट उनको साख हराउन थाल्यो । यस्तै घटनाहरुलाई दोहोर्याएर उनी विवादित बनिन् । १६ वर्ष पहिलेका यिनै घटनालाई लिएर डोनाल्ड ट्रम्पले हिलारीमाथि बैचारीक हमाला गर्ने मौका पाएका थिए । - नेत्र पाैडेल

bill clinton Hillary Clinton monika

विशेष