News

मुखर्जीलाई कालो झण्डा देखाउनेलाई रिहा गरियाे

मुखर्जीलाई  कालो झण्डा देखाउनेलाई रिहा गरियाे
कात्तिक २३ ।  भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पाँच जनालाई मंगलबार रिहा गरिएको छ । यही कात्तिक १७ गते राष्ट्रपति मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित रामचन्द्र खड्का, तिलक बोहरा, योगेश बराल र शारदा भुसाल झालाई जिल्ला प्रशासन कार्यालयले एक महिने तारिखमा रिहा गरेको हो । पाँचै जनालाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ। ब। १२१ नं बमोजिम थुनुवा पुर्जी दिई महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । सोमबार दिनभरी काठमाडौँ परिसरमा राखिएकामा मंगलबार सरकारी वकिल कार्यालयमा बयान लिएपछि उहाँहरुलाई साधारण तारेखमा छाडिएको हो । साधारण तारेखमा छुटेपछि प्रशासन कार्यालय परिसरमा अध्यक्ष नेपालले सरकारले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाएको आरोप लगाए ।

kalo jkhnda pranab mukharji riha

विशेष