ताजा खबर विदेश News

भारत सरकारले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध

भारत सरकारले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध

rs-500-and-rs-1000 कात्तिक २४ । भारतमा सरकारले पाँच सय र एक हजारका पुरानो नोटमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धनमा नियन्त्रण गर्नका लागि पाँच सय र एक हजारका पुरानो नोटमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भ्रष्टाचार, जाली नोट र कालो धन नियन्त्रणका लागि नोटमा प्रतिबन्ध लगाएको बताए र मंगलबार राति १२ बजेदेखि पाँच सय र एक हजारका पुरानो नोट प्रयोग गर्न नपाइने भएको छ ।

कालो धन तथा भ्रष्टाचार गरिबी निवारणका बाधा रहेकाले यस्तो कदम चालिएको प्रधानमन्त्री मोदीले बताए । पुरानो नोटको सट्टा पाँच सय र एक हजारका नयाँ नोट जारी गरिने समेत उनले बताए । यसले करछली गर्नेलाई पनि करको दायरामा ल्याउने सरकारको आशा छ ।

India Ban

विशेष