ताजा खबर विदेश News

अमेरिकी राष्ट्रपतिको मत परिणाम आउन थाल्यो, ट्रम्पले दिँदैछन् कडा टक्कर

अमेरिकी राष्ट्रपतिको मत परिणाम आउन थाल्यो, ट्रम्पले दिँदैछन् कडा टक्कर

कात्तिक २४ । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले झिनो अग्रता लिएकी छन् ।

५० राज्यमध्ये १५ को मत परिणाम आएको छ । अहिले सम्म हिलरीले ६८ इलेक्टोरल भोट पाएकी छन् । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ६६ इलेक्टोरल भोट पाएका छन् । यसअघि १२ राज्यको मत परिणाममा भने टम्प मात्र ३३ मतमा थिए । तर, साउथ क्यारोलिन लगायतको परिणामले उनलाई राहत दिएको छ ।

५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ

America Election President Election In America

विशेष