हिलारी क्लिन्टनको जित्ने सम्भावना अझै जीवीतै छ
एजेन्सी– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ । डोनाल्ड ट्रम्पले आफ्नो गढमा विजय हासिल गरिसकेका छन् । उनलाई विजयका लागि २७० मत चाहिएका छ । जसमा उनले अहिलेसम्म १६९ मत प्राप्त गरेका छन् । भने हिलारी क्लिन्टनले १३१ मत प्राप्त गरिसकेकी छन् ।
मत गणना हुन बाँकी राज्यहरु मध्ये सबैजसो हिलारीको गढ छन् । क्यालिफोर्निया मै ५५ इलेक्ट्रोल मत छ । जहाँ सन १९९२ यता रिपब्लिकनले जितेकै छैन । त्यो मत हिलारीलाई पर्ने बित्तिकै उनको ग्राफ माथि उक्लिने छ । अहिले ट्रम्मको अग्रता देखिए पनि जित्ने सम्भावना अझै हिलारीको देखिन्छ । कोलोराडो, नेभदा, उटाहलगायत राज्यमा हिलारीकी पकड मानिन्छ । हिलारीको पकड क्षेत्र ट्रम्पले खोस्न सफल भए मात्रै उनको विजयी निश्चित छ । तर हिलारीलाई ट्रम्पको पकड भएको क्षेत्र नखोसी पनि २७० मत पुग्छ ।