विदेश

डोनाल्ड ट्रम्पको जीत सुनिश्चित, केही घण्टामा हुनेछ घोषणा

डोनाल्ड ट्रम्पको जीत सुनिश्चित, केही घण्टामा हुनेछ घोषणा
BOULDER, CO - OCTOBER 28: Presidential candidate Donald Trump gives a thumbs up during the CNBC Republican Presidential Debate at University of Colorados Coors Events Center October 28, 2015 in Boulder, Colorado. Fourteen Republican presidential candidates are participating in the third set of Republican presidential debates. (Photo by Justin Sullivan/Getty Images)

एजेन्सी– विवादै विवादका बीच अमेरिकी राष्ट्रपतिको दौडमा डोनाल्ड ट्रम्प बिजयी हुँदैछ । पेन्सिलभेनिया राज्यको २० इलेक्ट्रल मत जितेपछि ट्रम्पले २६४ मत प्राप्त गरिसकेका छन् । डेमोक्रयाटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले आफ्नै गढबाट चुनाव हारेपछि अन्ततः उनी यो दौडबाट बाहिरिने निश्चित भएको छ ।

मिचिगन, विन्कन्सिन, एरिजोना र अलास्कामा ट्रम्पले लिड गरिरहेका छन् । यी चार राज्यमा ४० इलेक्ट्रोल मत छ । तर ट्रम्पलाई चाहिएको छ मात्रै ६ मत । यी चार मध्ये एरिजाना र अलास्का रिपब्लिकन पार्टीको पकड क्षेत्र हो । बाँकी दुई डेमोक्रयाटिक पार्टीको गढ मानिन्थ्यो । यी राज्यहरुको मत गणना जारी छ । तर धेरै जसो राज्यमा ८० प्रतिशत भन्दा बढी गणना भइसकेको छ । यसआधारमा पनि ट्रम्पको विजय निश्चित भएको हो ।

विशेष