हिलारी क्लिन्टनद्वारा हार स्वीकार

कात्तिक २४ । डेमोक्रिटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावमा हार स्वीकार गरेकी छन् ।
सीएनएनका अनुसार उनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई फोन गरेर विजयी भएकोमा बधाई समेत दिएकी छन् ।
यसअघि उनका चुनावी अभियान प्रमुख जोन पोडोस्टाले समर्थकहरुलाई सम्बोधन गर्दै क्लिन्टनले तत्काल नबोल्ने बताएका थिए ।
har swuikarin
Hillary Clinton