दुस्मनसँग पनि मित्रता हुन्छः ट्रम्प
अमेरिकाले ४५ औँ राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पलाई पाएको छ । रिपब्लिकनका उम्मेदावरा ट्रम्पले डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई हराउँदै अमेरिककाका नयाँ इतिहास रेचका हुन् ।
ट्रम्प र विपक्षी नेता हिलारीबीच कडा प्रतिस्पर्धा चल्यो । ट्रम्प चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै उनी व्हाइट हाउस छिर्न सफल भए । उनले हिलारीलाई ६८ इलेक्ट्रोरल मतले जितेका हुन् ।
ट्रम्पले २७८ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । राष्ट्रपतिको जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।
उनीको राजनीति सुरुवात त्यति लामो छैन । ब्यावसायीका पृष्ठभूमीमाबाट एकाएक राजनीतिमा छिरेका उनी, डेढ वर्षअघिसम्म धेरै अमेरिकीले डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बनेर व्हाइट हाउस छिर्न सफल भए ।
फोब्र्स म्यागजिनले २०१६ मा गरेको सर्वक्षणअनुसार उनी अमेरिकाको सार्वधिक धनीको सूचीको स्थान १५६ औँ अठाउन सफल छन् । त्यस्तै उनी संसारभरका घनी मध्ये ३२४ औं स्थानमा छन् । उनी सम्पती करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको छ ।
डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ का दिन भएको थियो । ट्रम्पले अहिलेसम्म चुरोट रक्सी सेवन नगरेका बताइन्छ । तर, उनका दाजु फ्रेड ट्रम्पको भने रक्सीको कारण नै मृत्यु भएको थियो । उनले २००६ तिर आफ्नै भोड्का बजार ल्याएका थिए । तर राम्रोसँग चल्न नसकेर २०११ मा बन्द भएको थियो । उनले बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९मा सुरु गरेका थिए । यसको बजार पनि राम्रो नभएर बन्द भएको थियो ।
उनले आफ्नो विजयलगत्तै सम्बोधन गर्दै ट्रम्पले विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामी विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्नेछौं,’ उनले भने । उनले दुस्मनसँग पनि मित्रतावत हुने बताए ।
ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले फोन गरेर आफूलाई बधाई दिएको बताए । राष्ट्रपति चुनावमा पराजित हिलारीले भने सम्बोधन नगर्ने अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
America
Donal Trump