विदेश

प्रोफेसर, व्यवसायीदेखि अमेरिकाको राष्ट्रपतिसम्म बन्न सफल ट्रम्पका उतार चढाव यस्ता थिए

प्रोफेसर, व्यवसायीदेखि अमेरिकाको राष्ट्रपतिसम्म बन्न सफल ट्रम्पका उतार चढाव यस्ता थिए
डोनल्ड जोन ट्रम्प एक अमेरिकी व्यवसायी, टेलिभिजन व्यक्तित्व र रिपब्लीकन पार्टीका नेता हुनुका साथै हालैकाे निर्वाचनबाट हिलारी क्लिन्टनलाई पछि पार्दै राष्ट्रपतिकाे उमेद्वार बन्न सफल भए। ट्रम्प र विपक्षी नेता हिलारीबीच कडा प्रतिस्पर्धा चल्यो । ट्रम्प चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै उनी व्हाइट हाउस छिर्न सफल भए । उनले हिलारीलाई ६० इलेक्ट्रोरल मतले जितेका हुन् । ट्रम्पले २७८ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । राष्ट्रपतिको जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो । उनीलाई अमेरिकाको प्रतिष्ठित फोब्र्स म्यागजिनले सन् २०११ मा फ्ब्र्स सेलिब्रेटिको १००औँ स्थानमा राखेको थियो । आफ्नो करियरको शिलशिलामा ट्रम्पले अफिस टावर, होटल, क्यासीनो, र अन्य ब्राण्डेड सुविधा विश्वभर फौलाएका थिए । ट्रम्प सन् १९४६ जुन १४ मा जमाइकामा जन्मेका हुन् । पाँच छोराछोरीमध्येमा डोनाल्ड ट्रम्प सबैभन्दा कान्छा हुन् । ट्रम्प अमेरिकाको न्यूयोर्कमा जन्मे हुर्केका हुन् । उनी १३ वर्षको उमेरमा न्यूयोर्क मिलिटारी अकेडेमीमा भर्ना भएका थिए । त्यस्तै उनले वार्टन स्कुल अफ यूनिभर्सिटि अफ पेन्स्लिभानीयाबाट अर्थतन्त्रमा ब्याचलर्स डिग्री गरेका छन् । उनका दाजु फ्रेड सन् १९८१ मा मदिरा सेवनका कारण ज्यान गुमाएका थिए । त्यसैको प्रभावले ट्रम्पले अहिलेसम्म पनि धुम्रपान र मदिरापान गरेका छैनन् । ट्रम्पका बाबु जर्मन अरिजिन हुन् भने आमा स्कटिस अरिजिन । अर्थात ट्रम्पका बाबुका पुर्खा जर्मनी थिए र आमाका भने स्कटिस् । उनका पिता फ्रेड ट्रम्प क्वीन्समा जन्मेका थिए । उनका पिता न्यू योर्क सिटिकै सबभन्दा ठूला व्यवसायी थिए । उनकी आमा मेरी ट्रम्प स्कटल्यान्डमा जन्मेकी हुन् । ट्रम्पका पिता फ्रेड र आमा मेरिले सन् १९३६ मा न्यू योर्कमा विवाह गरे र क्वीन्समा बस्न थालेका हुन् । ट्रम्पका काका जोन जर्ज ट्रम्प मस्साचुसेट्स इन्स्टीट्युट अफ् टेक्नोलोजीका १९३६ देखि १९७३ सम्म प्रोफेसर थिए । दास्रो विश्व युद्धको सहयोगीहरुको लागि राडारकाे अनुसन्धान गर्ने गर्थे ।

America Donald Trumnp Donald Trump

विशेष