विदेश

ट्रम्पले निर्वाचनकाे समयमा गरेका केही वाचा

ट्रम्पले निर्वाचनकाे समयमा गरेका केही वाचा
कात्तिक – २४ । ट्रम्पले करिब एक महिना अघि राष्ट्रपति निर्वाचनको लागि गेट्टिसबर्ग, पेन्सिलभानियामा भाषणको समय र अन्य समयको गरि उनले निर्वाचित भएपछि गर्ने केही कार्यको बारेमा भनेका थिए । उनले भने बमोजिम गर्ने हो भने यी कार्यहरु हुनेछन् : १. दुई लाख भन्दा बढी आपराधिक तथा अवैध आप्रवासीलाई हटाउने, २. आफ्नो नागरिक फिर्ता लिन अस्वीकार गर्ने देशहरुमा भिसा–मुक्त यात्राको बन्देज, ३. ओबामाका हरेक कार्यकारी आदेशको रद्द, ४. लबिङ गर्न खोज्ने अधिकारीहरुलाई व्हाइट हाउसमा प्रतिबन्ध, ५. कांग्रेसका सदस्यको लागि निश्चित अवधि, ६. संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यक्रमको सबै भुक्तानी रद्द, ७. रद्द गरिएको रकम अमेरिकी पूर्वधार विकासमा खर्च, ८. चीनलाई मुद्राको हेरफेरको जिम्मा, यति मात्र नभई मेक्सिकोसँगको दक्षिणी सीमामा पर्खाल लगाउने वाचा पनि गरेका छन् । उनले आफ्नो समर्थकलाई यस बारे विश्वसत हुन लगाएपनि कहिले र कसरी गरिने भन्ने अझै निश्चित छैन । यसका साथै उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्ध अझै नजिक बनाउने भनेर वाचा गरेका छन् । यति मात्र नभई इरानको आणविक सम्झौता चिर्ने वाचा गरेका छन् । ६ संसारका शक्ति र योजनाको १२ वर्ष संलग्न एक सम्झौता बाट उनी कतिको चाँडो जान सक्छन् त्यो भने स्पष्ट छैन् ।

Donald Trump

विशेष