News

बिहीबार संसद् बैठक बस्दै

बिहीबार संसद् बैठक बस्दै
bicc कात्तिक - २४ । तिहार र छठपछिको बिदा सकिएपछिको व्यवस्थापिका–संसद्को पहिलो बैठक भोलि २५ गते बिहीबार बस्दैछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहनेछ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का १५७ सांसदले कात्तिक ३ गते सो प्रस्ताव दर्ता गरेका थिए । तिहारअघि कात्तिक ९ गते बसेको संसद्को बैठक यही कात्तिक २५ गते दिउँसो २ बजेसम्म स्थगन भएको थियो । संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बिहीबारको बैठकमा महाभियोगसम्बन्धी प्रस्तावमा नियमित छलफल हुनुका साथै राष्ट्रिय महिला आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । रासस

BICC kp oli in bicc

विशेष