ट्रम्पकी पत्नी नै आप्रवासी, आप्रवासीसम्बन्धी नीति कसरी कार्यान्वान गर्लान् ?
कात्तिक–२४ । बुधबार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । प्रतिद्वान्दी हिलारी क्लिन्टनलाई पाखा लगाउँदै उनी राष्ट्रपतिको उम्मेद्वारमा चुनिएका हुन् । करिव एक वर्ष चुनावी दौरानमा उनी धेरै ठाउँमा विवादित बन्न पुगेका थिए । निर्वाचित अगावै प्रचारका क्रममा आप्रवासीप्रति अनुदार भाषण गरेका ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा रहेका करोडौँं आप्रवासी त्रासमा छन् । तर, अर्को पाटोबाट हेर्ने हो भने ट्रम्पकी तेस्रो अर्थात् कान्छी पत्नी मेलिनिया स्लोभाकियामा जन्मिएकी हुन् । यो कुरा भने अमेरिकन आप्रवासीलाई भने थाहा नहुन सक्छ । सन् १९७० अप्रिल २६ मा स्लोभानियाको सेभनिकामा जन्मेकी मेलिनियाको बाल्यकाल त्यही बित्यो । माद्यामिक विद्यालयदेखि नै डिजाइन र फोटोग्राफी पढेकी मेलिनिया १६ वर्षकै उमेरमा मोडलिङमा प्रवेश गरेकी थिइन् । अहिले अमेरिकी ‘फस्ट लेडी’ बनेकी मेलिनियाले १८ वर्षकै उमेरमा इटालीको एक मोडलिङ संस्थामा काम गर्न थालेकी थिइन् । उनी सोही संस्थामार्फत् विभिन्न म्यागेजिनका आवरणका लागि ‘कभर गर्ल’ बनेकी थिइन् । सेक्स अपिलका लागि छापिएका उनका तस्बिरले उनलाई चर्चित मोडल बनाएको थियो । बाल्यकालदेखि नै मोडलिङमा सोख भएकी मेलानिया पाँच फिट ११ इञ्च अग्ली छिन् । उनको ट्रम्पसँगको पहिलो भेट सन् १९९८ मा भएको थियो । संयोग नै भन्नुपर्छ जतिबेला ट्रम्पसँग उनको भेट भयो त्यही बेला ट्रम्पले उनकी दोस्री पत्नीसँग डिभोर्स गरेका थिए । एक वर्षको संगतमै ट्रम्पले मेलानियासँग सन् २००५ मा विवाह गरे । ट्रम्प पत्नी अर्थात् ‘फस्ट लेडी’ मेलानियाले सन् २००१ मा अमेरिकाको ग्रिनकार्ड लिएकी हुन् । ट्रम्पसँगको विवाहको एक वर्षमै उनले नागरिकता लिएकी हुन् । मोडलिङ क्षेत्रकी चर्चित गर्ल मेलानिया विभिन्न भाषाकी ज्ञाता हुन् । उनलाई उनको मातृभाषा स्लोभानियन, सर्वियन, जर्मन, अंग्रेजीसँगै फ्रेन्च भाषाको ज्ञान छ । उनी आप्रवासी भएकै कारण उनले ट्रम्पले आप्रवासी सम्बन्धी कडा अभिव्यक्ति दिँदा त्यसको प्रतिरोध गर्दै आएकी थिइन् ।
एजेन्सीकाे सहयाेगमा विश्व रिमाल Donad Trump Trump Melania