News

समयमै सातौँ खेलकुद गर्न ज्ञापनपत्र

समयमै सातौँ खेलकुद गर्न ज्ञापनपत्र
कात्तिक- २४ । पूर्वाञ्चल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद समयमै गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । पूर्वाञ्चल खेलाडी सङ्घका अध्यक्ष राम लिम्बूलगायतको टोलीले बुधबार मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटवालमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई बुझाएका हुन् । पटकपटक राष्ट्रिय खेलकुद स्थगन हुँदा खेलाडीहरुको मनोबल गिरेकाले मङ्सिरभित्रै सातौँ राष्ट्रिय खेलकुद हुनुपर्ने माग सङ्घको छ । अस्थायी कर्मचारीको सङ्घर्ष समिति गठन राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विभिन्न निकायमा कार्यरत अस्थायी कर्मचारीको हकहितका लागि अस्थायी खेलकुद कर्मचारी सङ्घर्ष समिति बुधबार गठन गरिएको छ । अस्थायी कर्मचारीको भेलाले काजीमान श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय सङ्घर्ष समिति गठन गरेको हो । समितिको उपसंयोजकमा प्रेमनाथ श्रेष्ठ, उपाध्यक्षमा गणेश जिम्बा लामा, सचिवमा राजेन्द्र सुवेदी र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । अर्जुनभक्त राईलाई प्रवक्ता तोकिएको छ । त्यस्तै बिन्दा महाराजी, सञ्जु महर्जन, सञ्जय रन्जित, सिजु श्रेष्ठ, तिलक घिमिरे, राजकुमार रसाइली, रमेश मगर, कुमार पौडेल र मनोज खड्गी सदस्यमा चयन भएका छन् । लामो समयदेखि अस्थायी रुपमा कार्यरत कर्मचारीलाई स्थायी गराउने विषयमा आगामी बोर्ड बैठकमा छलफल गर्ने गरी राखेप सदस्यसचिव विष्टलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको सचिव सुवेदीले जानकारी दिए ।  

Rakhep RAKHEPA

विशेष