ताजा खबर News समाज

आज सार्वजनिक बिदा हैन् : गृह प्रवत्ता

आज सार्वजनिक बिदा हैन् : गृह प्रवत्ता

कात्तिक २५ । गृह मन्त्रालयलले फाल्गुनानन्द जयन्तीमा सार्वजनिक बिदा दिने सरकारी निर्णय नभएको जानकारी दिएको छ । फाल्गुनानन्दको २५ औं जयन्तीमा सरकारले सार्वजनिक विदा दिएको गृहको सूचनासहितको सामाजिक सञ्जालमा सार्वजनिक भएको पत्र नक्कली रहेको गृहका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

‘किरात धर्मवालम्बी सरकारी कर्मचारीका लागी मात्रै बिदा हो, सबैका लागि सार्वजनिक विदाको कुनै निर्णय भएको छैन,’ प्रवक्ता पन्थीले भने, ‘सामाजिक सञ्जालमा बिदाको निर्णय भन्दै सार्वजनिक भएको गृहको पत्र नक्कली हो ।’

विशेष