ताजा खबर राजनीति News

सभामुखको सिफारिस राष्ट्रपतिले रोकिन्

सभामुखको सिफारिस राष्ट्रपतिले रोकिन्

कात्तिक २५ । सभामुख ओनसरी घर्तीमगरले संसदको सचिव नियुक्तिका लागि गरेको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको छ ।

सभामुख घर्तीले अधिकारकर्मी कानुन–व्यवसायी गोपालनाथ योगीलाई सचिव पदमा नियुक्तिका लागि भन्दै झण्डै दुई महिनाअघि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन् ।

संसद सचिवालयका अनुसार सभामुख घर्तीले भदौ ५ गते योगीको नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिसपत्र पठाएकी थिइन् । तर सभामुखको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको स्रोतले बतायो ।

सभामुख घर्तीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाले गर्ने काम रुपान्तरित संसदले गर्ने भन्ने संविधानको धारा २ सय ९६ को उपधारा ३ लाई आधार बनाएर प्रतिनिधिसभाको सचिवमा योगीलाई सिफारिस गरेकी थिइन् । तर राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाको सचिवका लागि प्रतिनिधिसभाकै सभामुखले मात्र सिफारिस गर्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै सभामुख घर्तीको सिफारिस रोकेको स्रोतले बतायो

Bidya Bhandari Onsari Gharti

विशेष