प्रवास News

डिभी खारेज गर्दे ट्रम्प !

डिभी खारेज गर्दे ट्रम्प !

कात्तिक - २५ । आप्रवासी कानुनका अधिवक्ता डिल्ली भट्टका अनुसार गैरकानुनी एवं स्थल मार्गबाट अमेरिका भित्रिने नेपाली आप्रवासीहरुमाथि ट्रम्प प्रशासन कडा हुन सक्ने छ । त्यसैगरी सामाजिक नीतिमा सरकारको हस्तक्षेपको वकालत गर्ने रिपब्लिकन र ट्रम्प प्रशासनले आप्रवासी लक्षित सामाजिक कार्यक्रमहरु पनि कटौती गर्न सक्छ ।

विशेषतः कल्याणकारी राज्यको परिकल्पनालाई अनुदारवादीहरुले तिरस्कार गर्दे आएका छन् । अर्को महत्वपूर्ण पक्ष के छ भने डिभीको कार्यक्रमको भविष्य पनि अनिश्चित बनेको छ । २०१२ मा रिपब्लिकन पार्टी नियन्त्रित तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभले डिभिी कार्यक्रम बन्द गर्ने बिल पास गरेको थियो । तर डेमोक्र्याट बहुमत रहेको सिनेटले त्यसलाई खारेज गरेको थियो ।

अधिवक्ता भट्टका अनुसार डीभी कार्यक्रम एवं परिवासरहका सदस्यकोे भिसा कोटाको खारेजीका लागि हाउसमा बिल दर्ता छ । अनुदार कांग्रेस एवं ट्रम्प प्रशासनले यसको खारेजी गर्ने सम्भावना बलियो देखिएको छ ।

कान्तिपुर

Diversity Visa DV visa

विशेष