प्रवास News

‘ट्रम्प कागजी बाघ हुन्, अमेरिका बस्ने नेपालीलाई केहि हुँदैन’

‘ट्रम्प कागजी बाघ हुन्, अमेरिका बस्ने नेपालीलाई केहि हुँदैन’

ramprsad-khanal ट्रम्पको विजय पछि अमेरिकामा बस्ने आप्रबासीको भविष्य बारे अनेक आँकलन भइरहेको छ । नेपाली मुलका आप्रवासीलाई लिएर नेपाली समुदायमा पनि विभिन्न कोणबाट बहस भइरहेको छ । केही वर्ष अघि अमेरिका भासिएका लोकगायक रामप्रसाद खनाल भने आप्रवासीलाई ट्रम्पले केहि गर्न नसक्ने बताउँछन् । ट्रम्पलाई कागजी बाघसँग तुलना गर्दै उनले अमेरिकामा रहेका नेपालीलाई ढुक्क हुन आग्रह गरेका छन् । उनको सुझाब यस्तो छ -

हामी अमेरिकामा बस्ने नेपालीका लागि दीर्घकालिन रुपमा के ट्रम्प के हिलारी १ जो भए पनि खासै केही फरक पर्ने देख्दिन म । कागजी बाघ भएका, चुनावमा जती अराजक भाषा बोले पनि चुनाव जित्ना साथ ट्रम्प को भाषा फेरियो । हिलारीले ट्रम्पलाई बधाई दिइन, ट्रम्पले हिलारीको प्रशँशा गरिसके ।

मैले त पहिलै पनि भन्दै आएको छु हिलारी र ट्रम्प पुराना साथीहुन जसले चुनाव जिते पनि चुनावको भोली पल्ट देखी मिलिहाल्छन । नभन्दै त्यस्तै भैसक्यो ( न आकाश खस्ने वाला छ न धर्ती फाट्ने वाला छ । टाउको दुखाउन आबस्यक छैन जस्तो लाग्यो मलाई । खुरु खुरु आफ्नो कर्म गर्‍यो बस्यो । यो अमेरिका हो, अमेरिकाको निर्णय गर्ने अधिकार अमेरिकन मतदातालाई छ जुन गरे ।

बिना सित्तै के को ट्यान ट्यान ११ रातभरी साथीहरुले फोन गरेर दुस्ख मनाइ गरिरहनुभएको छ, अझ नेपालबाट समेत कयौँले फोन गरेर मेसेज गरेर लौ बर्बादै भएछ है भनिरहनुभएको छ, आतंकका मतियाहरु नेपाल मा पालै पालो दोहोर्याइ दोहोर्याइ प्रधानमन्त्री बजाउँदा, राष्ट्र बर्बाद पार्दा हामी नेपाली जनतालाई चिन्ता नलाग्ने अमेरिकामा ट्रम्पले जित्दा के को चिन्ता ११ खोइ मैले बुझिन किन हो बर्बादै हुने १ हुन त म राजनीति नबुझ्ने भएर होला - ए बरु काममा जान पो ढिला हुन थालेछ, म त हिँडे है काम तिर  जय नेपाल

खनालको फेसबुकबाट

विशेष