विदेश

सुरक्षा कारबाहीमा ६ जना लडाकूको मृत्यु

सुरक्षा कारबाहीमा ६ जना लडाकूको मृत्यु
कात्तिक - २५ ।  इजिप्टको एरिस, रफाह र शेख जुवेइद सहरमा भएका सुरक्षा कारबाहीमा कम्तीमा ६ जना लडाकूको मृत्यु भएको छ । इजिप्टको सेना प्रवक्ताद्धारा बुधबार जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ । सेनाका प्रवक्ता मोहम्मद सामिरका अनुसार सुरक्षा फौजले एरिस, रफाह र शेख जुवेइद सहरका बिभिन्न १९ क्षेत्रमा छापा मार्नेक्रममा ती लडाकूहरु मारिएका जानकारी दिए । यस्तै सुरक्षा कारबाहीमा गत हप्ता ११ जना आतङ्ककारी मारिएका थिए भने विस्फोटक पदार्थहरु समेत बरामद गरिएको थियो । कालो सूचीमा रहेको आतङ्ककारी सङ्गठन मुस्लिम ब्रदरउडका कारण इजिप्टमा आतङ्ककारी र हिंसात्मक घटनाहरु भईरहेका छन् । विगत केही बर्षदेखि सरकार विरुद्धका आक्रमणहरुमा हजारौ प्रहरी र सेनाहरु मारिएका छन् । - एजेन्सी

Death Igipt ladaku mariye

विशेष