News

ट्राफिक प्रहरीलाई रिफ्लेक्टिभ भेष्ट दिइयाे

ट्राफिक प्रहरीलाई रिफ्लेक्टिभ भेष्ट दिइयाे
कात्तिक २५ ।  ट्राफिक प्रहरीलाई अँध्यारोमा पनि टाढैबाट देख्न सकिने भएको छ । पतञ्जली योगपीठ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापन गर्दा प्रयोग गर्ने एक हजार एक सय थान रिफ्लेक्टिभ भेष्ट (चम्किलो वेष्टकोट) सहयोग गरेको छ । बिहीबार महाशाखाको कार्यालय रामशाहपथमा आयोजना गरिएको कार्यक्रममा पतञ्जली योगपीठ नेपालका शालिकराम सिंह र योगपीठका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई संयुक्त रुपमा सो भेष्ट हस्तान्तरण गरे । ट्राफिक प्रहरीले यो भेष्ट प्रयोग गर्दा ट्राफिक प्रहरी प्रष्ट रुपमा चिनिने र देखिने भएकाले कानुन कार्यान्वयन गराउन सहयोग पुग्ने महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक अर्यालले बताए । योगपीठका सिंहले यस्तो भेष्ट फिल्डमा काम गर्ने ट्राफिक प्रहरीका लागि विशेष उपयोगी हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । योगपीठका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरीक्षक महतले ट्राफिक प्रहरीले यस्तो खाले विशेष पोसाक लगाएर काम गर्दा जोखिम न्यूनीकरण गर्नमा विशेष मद्दत पुग्ने बताए ।

prakash aryal reflective vest traffice police

विशेष