विदेश

ट्रम्पको विरोधमा सडकमा जे देखियो [भिडियोसहित]

ट्रम्पको विरोधमा सडकमा जे देखियो [भिडियोसहित]
कात्तिक – २५ । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनको विरोध गर्दै अमेरिकामा नारा चलाइएको छ । सडकमा उत्रिएका जनता व्हाइट हाउस नजिकै जम्मा भएर ट्रम्पको विरोधमा नारा लगाएका हुन् । ‘आज मेरो राष्ट्रपति होइन’ भनेर देशभर विरोध भएको हो । बोस्टन देखि लस एन्जलस शहरसम्म हजारौँ प्रदर्शनकारी बुधबार राति चुनावको परिणाममा करोडपति सम्पत्ति र विकासकर्ता राष्ट्रपति भएको विरोधमा ओर्लिएका हुन् । न्यू योर्कको प्रहरीको अनुसार करिब ५००० प्रदशनकारी विरोधमा उत्रिएका थिए । ट्रम्प टावर बाहिर भइरहेको मुद्दामा अध्यागमन र अभियान जस्ता अन्य विवादास्पद विषयहरू थिए । लोकतान्त्रिक आधारमा आएका विरोधीहरु अटलान्टा, अस्टिन, टेक्सास, बोस्टन, चिकागो, डेन्भर, फिलाडेल्फिया, पोर्टल्याण्ड, ओरेगन र वासिङटन् जस्ता मुख्य शहरमा बढी देखिएका थिए । एक कलेजका विद्यार्थीले बोर्डमा ‘म अझै विश्वास गर्न सक्दिन कि म नागरिक अधिकारको लागि विरोध गर्नुपर्छ ,’ भनेर लेखेका थिए । ‘यो एकदम निराशजनक विषय हो किनकी हामी यति टाढा आइसक्यौँ तर हामीले फेरि पाइला पछि पारिरहेको छौँ ।’ अर्को महिलाले सिएन्एन्लाई भनिन्, ‘त्यसैले हामी एकसाथ भएर परिवर्तन गर्न चाहन्छौँ र अघि बढ्दै गर्न चाहन्छौँ ।’ यस्तै पोर्टल्याण्डका नागरिकले ट्रम्प छैनन् त तानाशाही अमेरिका छैन भनेर नारा लगाएका थिए । अस्टिनमा ट्रम्का विरोधीहरुले बुधबार राजमार्ग बन्द गरेका थिए र साथ साथै विद्यार्थीहरुले विश्वविद्यालयमा झण्डा जलाएका थिए ।  त्यस्तै गरी लश एन्जल्समा उच्च माध्यमिकका विद्यार्थीहरुले घृणाले जित्दैन भनेर नारा राखेका थिए । १८ वर्षे विद्यार्थीले हिलारीलाई भोट गरेका थिए तर निराश बनायो । उनले बताइन्, ‘यसले हामीलाई रोक्न सक्दैन । यदी उ राष्ट्रपति हो भने ठिक छ तर यदी डोनाल्ड ट्रम्प हो भने उनले यो कुरा सुन्नु पर्छ ।’ अमेरिकी जनताहरु चुनावको परिणामले मात्र नभई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका कुराहरुबाट पनि क्रोधित छन् ।  ट्रम्पले महिलालाई हेलना गर्ने र यस्तै अन्य स्वार्थपूर्ण कुराका कारण अमेरिकी जनता ट्रम्पलाई राष्ट्रपतिको पदमा देख्न रुचाइरहेका छैनन् । –एजेन्सीको सहयोगमा

र याे पनि

राष्ट्रपति ट्रम्पको विरोधमा अमेरिकी नागरिकहरु सडकमा [फाेटाेफिचर]

 

Donald Trump donald trump ko birodhma americama pradashan presidence

विशेष