News

कार्कीको नियुक्तिका विषयमा मङ्सिर १६ देखि बहस हुने

कार्कीको नियुक्तिका विषयमा मङ्सिर १६ देखि बहस हुने
कात्तिक - २५ ।  सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै आगामी मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ । न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले बिहीबार कार्कीको नियुक्तिको विषयको मूल मुद्दासँग सुनुवाइका लागि पेसी चढाउने आदेश दिएको हो । कार्की निलम्बनमा परिसकेका उनले पाउनुपर्ने सुविधा खोस्न माग गर्दै अधिवक्ता ओमप्रकाश आर्यालले यही कात्तिक १२ गते निवेदन दर्ता गरेका थिए । यसैबीच कार्कीले आफ्ना वारेस अधिवक्ता तेजबहादुर कटवाल मार्फत आजै मुद्दासम्बन्धी तारेख बुझेका छन् ।

Lokman Karki

विशेष