ताजा खबर विदेश News

विमानस्थलको शौचालयमा भर्खर जन्मिएको शिशु भेटिएपछि...

विमानस्थलको शौचालयमा भर्खर जन्मिएको शिशु भेटिएपछि...

कात्तिक २६ । भियना विमानस्थलको शौचालयको एक डब्बामा भेटिएको शिशुको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

बिहिबार बिहानै शौचालयको सफाइ गर्न पुगेकी एक महिलाले जीवित शिशुलाई डस्टबिनमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा भेटेपछि तत्कालै शिशुलाई आपतकालीन उपचार सेवाका लागि स्थानीय एक अस्पतालमा पुर्याइएको तर उनको उपचारका क्रममा त्यहाँ मृत्यु भएको प्रहरी प्रवक्ता राइमण्ड स्वाइगरलेनरले बताउनुभयो ।

शिशुमा व्यापक अक्सिजनको कमी भएको अवस्थामा उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रवक्ता स्वाइगरलेनरले अस्पताल स्रोतलाई उद्धृत गर्दै बताउनुभयो । शिशुलाई एक नाइजेरियाली २७–वर्षीया युवतीले त्यहाँ जन्माएपछि डस्टबिनमा फालेको सुरक्षा अधिकारीले बताए । बच्चालाई आफू भियनामा ट्रान्जिटमा रहेका बेला जन्म दिएपछि उनले त्यहाँ फालेको बताइएको छ ।

शिशुकी आमालाई पनि स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनले बच्चा किन त्यसरी फालिन् भन्ने विषयमा उपचारपछि अनुसन्धान गरिने प्रहरी प्रवक्ताले बताए

एएफपी

विशेष