ताजा खबर News समाज

पूर्वमुख्यसचिव लीलामणि पौडेललाई यसरी भिराइयो माओवादीको बिल्ला

पूर्वमुख्यसचिव लीलामणि पौडेललाई यसरी भिराइयो माओवादीको बिल्ला

कात्तिक २६ । पूर्वमुख्यसचिव लीलामणि पौडेलको जीवनमा ‘माओवादी’ बिल्ला यसरी लाग्यो कि उनले चाहेर पनि माओवादीबाट मुक्त हुन पाएनन् । यदि उनले आफैंलाई ढाँटेका होइनन् भने उनले जीवनमा कुनै पनि पार्टीको सदस्यता लिएनन् । तर, पछिल्ला ठूला उपलब्धी जे पाए, ती माओवादीकै कारण पाएको स्वीकार गर्न बाध्य छन् ।

चीनका लागि नेपालको राजदूत भएर बेइजिङ जानुअघि विहीबार परराष्ट्र मन्त्रालयमा केही पत्रकारहरुबीच खुलेर कुरा गरेका पौडेलले भने ‘म माओवादीप्रति अनुगृहित छु । तर, माओवादीचाहिँ म होइन । मिडियाकर्मीले मलाई सधैं माओवादी भनेर यस मामिलामा मप्रति अन्याय गरेका छन् ।

Lilamani Poudel

विशेष