खेल ताजा खबर News

ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले हरायो

ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले हरायो

कात्तिक २६ । बिश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटमा ब्राजिल, उरुग्वे, पेरु र भेनेजुएला बिजयी भएका छन् । आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनालाई ३–० ले हराउदै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ चरणका खेलको समाप्तिमा ब्राजिलले २४ अंक जोडेको छ ।

जितसंगै ब्राजिलले दक्षिण अमेरिकाबाट सोझै बिश्वकप फुटबलमा छनौट हुने सम्भाबना बलियो बनाएको छ । ११ खेलको समाप्तिमा १६ अंकमात्र जोडेको अर्जेन्टिना तालिकाको छैठौ स्थानमा झरेको छ । ब्राजिलको जितमा फिलिप काउटिन्हो, नेयमार र डी पाउलिन्होले एक एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाउको ब्राजिलले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।

त्यस्तै इक्वेडरलाई २–१ ले हराउँदै उरुग्वेले समेत छनौटको सम्भावना बलियो बनाएको छ । ११ खेलपछि २३ अंक जोडेको उरुग्वे अंक तालिकाको दोस्रो स्थानमा छ । पराजयपछि पनि इक्वेडर १७ अंकमा चौथो स्थानमा छ । पाराग्वेलाई ४–१ ले हराउदै पेरुले महत्वपुर्ण अंक हात पा¥यो । यद्यपी १४ अंकमा तालिकाका आठौ स्थानमा रहेको पेरुको बिश्वकप प्रबेशको संभावना भने न्युन छ ।

भेनेजुएलाले भने प्रतियोगीतामा पहिलो जित हात पारेको छ । बोलिभियालाई ५–० को फराकिलो अन्तरले हराउदै भेनेजुएलाले छनौट प्रतियोगीतामा पहिलो जित निकालेको हो । चिली र कोलम्बियाले भने गोलरहित बराबरी खेलेका छन् । कोलम्बिया १८ अंकमा तेस्रो र १७ अंकमा चिली पाँचौ स्थानमा छ ।

Brazil Arjentina

विशेष