ताजा खबर विदेश News

डेढघण्टा लामो छलफलमा ओबामा ट्रम्प

डेढघण्टा लामो छलफलमा ओबामा ट्रम्प

कात्तिक २६ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटवार्तापछि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओबामासँगको भेट सानदार भएको बताएका छन् ।

राष्ट्रपति कार्यालयमा करिब डेढ घन्टा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै ओबामाले घरेलु तथा विदेश मामिलाका बारेमा चर्चा भएको बताए । भेटवार्तापछि ओबामाले भने, ‘म चाहान्छु, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सफल होउन् । किनकी उनको सफलतानै अमेरिकाको सफलता हो ।’

उनले भेटवार्तामा सत्ता हस्तान्तरणका साथै विदेश नीतिबारेसमेत कुराकानी भएको बताए । ट्रम्पले पनि भेटवार्ताका लागि ओबामालाई धन्यवाद दिए। ट्रम्पले भने, ‘हामीले अमेरिकाको उपलब्धिका साथसाथै चुनौतीमाथि पनि छलफल गर्यौं । म अमेरिकाको हितका लागि राष्ट्रपति बाराक ओबामासँग मिलेर काम गर्न चाहान्छु । मलाई भविश्यमा पनि उनको सल्लाहको जरुरत पर्छ । उनीसँग भेट्न पाउँनु मेरोलागि सम्मानको कुरा हो । म कामना गर्छु, आगामी दिनमा समेत भेटघाट भइरहने छ ।’

ओबामासँग ९० मिनेट कुराकानी गरेपछि ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

Obama Trump

विशेष