News

महाभियोग सिफारिस समितिको अर्को बैठक २ मंसीरमा बस्ने

महाभियोग सिफारिस समितिको अर्को बैठक २ मंसीरमा बस्ने
कात्तिक २६ । संसद् मातहतका महाभियोग सिफारिस समितिको अर्को बैठक फेरि ६ दिन पर धकेलिएको छ । समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भए पनि टुंगोमा नपुगी स्थगित भएको छ । समितिको अर्को बैठक आगामी २ मंसीरमा बस्ने छ । आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा एकरदुईवटा विषयको भाषामा संशोधन गर्नुपर्ने देखिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए । बैठकमा महाभियोगको प्रस्ताव दर्ता गरेको व्यक्तिउपर सार्वजनिक सूचना प्रकाशित गरी जानकारी लिनुपर्छ भन्ने भनाई केही सदस्यबाट प्रस्तुत भएको थियो । सार्वजनिक सूचना प्रकाशित गरेर उजुरी लिन नमिल्ने जनाउँदै संयोजक बिडारीले भने, “प्रस्तावमा जेजे कारण र आधार देखाइएको छ, त्यही विषयमा मात्र सफाइको मौका प्रदान गरिने, अनुसन्धान र तहकिकात गर्ने गरी आन्तरिक कार्यविधि अघि बढाइने छ ।” महाभियोग लगाउनुपर्नेका कारणबारे प्रस्तावमा उल्लेख भएका विषयवस्तु अध्ययन गर्न नभ्याइएको जनाउँदै नेपाल तरुण दलको अधिवेशन शुरु भइसकेकोले केही दिनपछि मात्र बैठक राख्न नेपाली काँग्रेसका तर्फबाट अनुरोध गरिएको थियो । व्यवस्थापिका–संसद्को पूर्ण बैठकमा महाभियोगको प्रस्तावमाथिको छलफल पुनः आजबाट प्रारम्भ भएकाले थप केही दिन लाग्न सक्ने पक्षलाई हेक्का गर्दै समितिमा अरु विजनेश पनि नभएको हुँदा सबैको सहमतिमा अर्को बैठक २ मंसीरमा राखिएको संयोजक बिडारीले बताए ।

BICC mahabhiyog baithag saryo

विशेष