News

एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने

एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने
कात्तिक २६ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ । एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो। संशोधित नियमावलीमा एकपटक लिखित परीक्षा पास गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन पाउने प्रावधान रहेको र मंसिरदेखि त्यसलाई कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन सुरु गरिनेछ । नियमावली संशोधन भएयता देशभरि लाइसेन्स परीक्षा रोकिँदै आएको छ । सफ्टवेयर अपडेट गरेर मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन सुरु गरिने पाण्डेले बताए । हरेक महिना १५–१६ हजार सर्वसाधारणले लाइसेन्स परीक्षा दिने गरेका छन्। विभागले उपत्यकालगायत अञ्चल यातायात कार्यालयहरूमा क्षमता विस्तार गरी नयाँ नियमावली कार्यान्वयन गर्न लागेको हो । उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउँदै छ । बन्द भएको रोपवे कम्पनीको जग्गामा विभागले मोटरसाइकल र गाडीको ट्रायल सेन्टर बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।

likhit pas garepaxi 3 patak samma trile dina payine trile

विशेष