News

भारतीय सेनाध्यक्ष सिंह काठमाडौंमा

भारतीय सेनाध्यक्ष सिंह काठमाडौंमा
कात्तिक २६ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण गरेर फर्केको एकसाता नबित्दै भारतीय सेनाध्यक्ष दलविर सिंह तीनदिने भ्रमणका लागि काठमाडौं आएका छन् । प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निमन्त्रणमा शुक्रबार बिहान उनी काठमाडौं आइपुगेका हुन् । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम ‘सूर्य किरण १०’ को निरीक्षण गर्न सिंह नेपाल आएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीका अनुसार सेनाध्यक्ष सिंहले शनिबार वुटवलमा ‘सूर्य किरण १०’ निरीक्षण गर्ने छन् । नेपाली सेना र भारतीय सेनाबीच वर्षौंदेखि एक अर्काको देशमा संयुक्त अभ्यास तथा तालिम गर्ने परम्परा छ । अघिल्लो वर्ष भारतमा भएको तालिम यस वर्ष नेपालमा भएको हो । उनले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटघाट गर्ने कार्यक्रम पनि छ । भारतीय स्थल सेनाध्यक्ष सिंह आइतबार स्वदेश फर्कने छन् ।

dalbir singh Rajendra Chettri

विशेष