जङ्गली पानीचरामा बर्डफ्ल्युकाे जिवाणु भेटियाे
कात्तिक २६ । नेदरल्याण्डको मोनेकन्दाममा केही जङ्गली पानीचरामा बर्डफ्ल्युका जिवाणु भेटिएपछि ती चराहरुको मृत्यु भएको आर्थिक मामिला मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता म्यारिएन बेस्टलिइलिकले बिहीबार भने, “यो जङगली पानी चरामा मात्रै देखिएको हो, व्यवसायिक प्रयोजनका लागि पालेका चरामा अहिलेसम्म भेटिएको छैन ।
उनले व्यवसायीक रुपमा पालिएका चराहरुमा सतर्कता र चेकजाँच गर्न थालिएको पनि जानकारी दिए । ती चराहरुमा एचफाईभएनएट जिवाणु भएको पुष्टी हुनु आश्चर्यजनक नभएको बताइएको छ ।
मन्त्रालयले यसअघि बुधबार नै व्यवसायिक रुपमा पालिएका पंक्षीहरु र त्यसबाट उत्पादन हुने मासु, अण्डा लगायतका चिजलाई एकै ठाउमा राख्नु पर्ने निर्णय गरिसकेको छ ।
एचफाईभएनएट जिवाणु फैलिने डरले जर्मनी, अष्ट्रीया, हङ्गेरी, पोल्याण्ड र स्विजरल्याण्डमा पनि चेकजाँच कडा बनाइएको छ ।
मोनेकन्दामनजिकै गत बुधबार र बिहीबार त्यस्ता मरेका चरा भेटिएका हुन् । बिहीबार बिहान नेदरल्याण्डको खाद्य र उपभोक्ता सुरक्षा प्राधिकरणले पोल्ट्री फर्महरुमा अनुसनधन तथा परिक्षण गर्न थालिसकेका छन् ।
नेदरल्याण्डमा यसअघि सन् २०१४ को नोभेम्बर र डिसेम्बरमा पनि चराहरुमा एचफाईभएनएट जिवाणु सङ्क्रमण भएको पाइएको थियो । रासस-सिन्ह्वा
birdflue
water birds