News

प्राधिकरण प्रमुख घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने ट्रेड युनियनको चेतावनी

प्राधिकरण प्रमुख घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने ट्रेड युनियनको चेतावनी
कात्तिक २६ । लोडसेडिङ हटाएर जनतालाई राहत दिएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । विज्ञप्तीमा संघका तर्फबाट सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ट उपाध्यक्ष रामकुमार थेबेले हस्ताक्षर गरेका छन् । विद्युत प्राधिकरणका क्रियाकलापहरु विधिवत तवरमा अगाडि बढाउन बारम्बार व्यवस्थापनलाई ध्यानाकर्षण गराउँदा पनि त्यसको उल्लंघन गरिएकाले यस्तो चेतावनी दिन बाध्य भएको विज्ञप्तीमा उल्लेख छ । एकपक्षीय समाचार प्रेषित गर्ने, कार्यालयमा अनावश्यक मानिसको जमघट गराई काममा बाधा र्पुयाउने र विभागीय कारबाही गर्ने धम्की दिँदै कर्मचारीहरुको मनोबल गिराउने कार्यमा लागेको घिसिङमाथि आरोप लगाइएको छ । पटक-पटक लिखित तथा मौखिक रुपमा समस्या समाधान गर्न आग्रह गर्दा पनि संस्थाका प्रमुख आफै गैह्रजिम्मेवार भएर टे्रड युनियनका अध्यक्ष तथा पदाधिकारीलाई उल्टै गिरफ्तार गराएको कर्मचारीहरुको अरोप छ । ट्रेड युनियनले उठाएको विधि स्थापित गर्ने विषय तत्काल संशोधन गरी स्थगित रहेको अन्र्तवार्ताका कार्यक्रम पनि यथाशीघ्र सञ्चालन गर्न उनीहरुले आग्रह गरेका छन् । अन्यथा आफूहरु बाध्य भएर घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने जस्ता विरोधका कार्यक्रम गर्ने विज्ञप्तीमा उल्लेख छ । trade-union

Kulman Ghising

विशेष