संविधान संशोधन प्रस्ताव शीघ्र सदनमा दर्ता गर्छु : प्रधानमन्त्री प्रचण्ड

कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव शीघ्र सदनमा दर्ता गरिने बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एकसय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताए ।
त्यसका निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ । सबै राजनीतिक दल एकताबद्ध हुनै पर्ने बताए ।
pm pushpa kamal dahal prachanda